कारको ठक्करबाट बालकको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-राजेन्द्र गाैतम

झापा । झापाको बिर्तामोडमा कारको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१२ का गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोकालाई छन् । उनलाई शनिबार राति साढे दशबजेतिर प्र.१००१-००२ च १९० नम्बरको कारले बिर्तामोडको मुक्तिचोक नजिकै ठक्कर दिएको थियो ।

ADVERTISEMENT

टाउकोमा गम्भीर चोट लागेका सन्तोषको बीएण्डसी हस्पिटल बिर्तामोडमा आइतबार बिहान ३ बजे मृत्यु भएको झापा प्रहरीले जनाएको छ । सन्तोष पैदल यात्री भएको बुझिएको छ ।

कार चालक मेचीनगर नगरपालिका-१ का २६ वर्षीय रोसन परियारलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

ठक्कर दिने कार चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको खुले पनि सन्तोष राति त्यहाँ को संग र किन गएका थिए भन्ने स्पष्ट भइसकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज