काठमाडौं । काभ्रेका पत्रकार प्रेम स्याङ्तानको निधन भएको छ । मृगौला फेल भएपछि उपचाररत स्याङ्तानको बुधबार बिहान निधन भएको हो । काभ्रेको रोशी गाउँपालिका निवासी स्याङ्तानका दुवै मृगौलाले काम नगरेपछि गौशालास्थित एक अस्पतालमा डाइलाइसिस गराइरहनुभएको थियो ।
उहाँ नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आवासमा बसेर उपचाररत हुनुहुन्थ्यो । राजधानी दैनिकमा कार्यरत उहाँका दुई छोरी र श्रीमती हुनुहुन्छ ।
पत्रकार स्याङ्तानको निधनमा पत्रकार महासंघ हिमालय टाइम्स शाखाले दुःख व्यक्त गरेको छ । शाखाका अध्यक्ष चूडामणि कोइरालाले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गर्नुभएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts