ज्येष्ठ नागरिक हाम्रो समाजको महत्वपूर्ण खम्बा हुन्

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

✍️ निरञ्जन मैनाली

विभिन्न सञ्चारमाध्यममा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस रहँदा ज्येष्ठलाई नहेपौ भन्ने शीर्षक समाचार पढ्दा मलाइ ज्यादै दुःख लाग्यो । आजभन्दा ७५ वर्ष पहिले संसारभर ज्येष्ठ नागरिकलाई गरिने दुव्र्यवहार, भेदभाव र अत्याचारबाट मुक्ति दिलाउनका लागि संयुक्त राष्ट्रसंघको महासभाले जनतालाई जनचेतना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको थालनी गरेको इतिहास छ । यो मान्यताबाट ज्येष्ठ नागरिकलगायत सबै व्यक्तिमा हुनुपर्ने मानव अधिकार र सम्पूर्णबाट वञ्चित नहोउन भन्ने लक्ष्यका साथ भविष्यका लागि यो दिवस मानाउँदै आइरहेका छन् ।

ADVERTISEMENT

ज्येष्ठ नागरिक हाम्रो समाजको महत्वपूर्ण खम्बा हुन् । तर पनि हाम्रा शिक्षित व्यक्तिहरूले नै प्रायःजसो प्राइभेट अफिसमा तल्लो तहका कर्मचारी गरेको होस् वा सार्वजनिक यातायातमा यात्रा गर्दा ज्येष्ठ नागरिक आरक्षण भनेर लेखिएको हुन्छ तर उहाँहरूलाइ बस्ने सिट व्यवस्था हुँदैन किन ? उभिएर यात्रा गर्न बाध्य भएका छन् । यस्ता गम्भीर र संवेदनशील विषयमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । सरकारले चासो नदिँदा ज्येष्ठ नागरिक हेपियर जीवन बिताउन बाध्य हुनुपरेको हो ।

विज्ञापन बोर्डले विभिन्न सञ्चारमाध्यममार्फत जनचेतना नदिनु दुःखद् हो । आफ्ना बालबालिकाको भविश्यका लागि शहरमा आउछन् उनीहरू उच्च शिक्षा र रोजगारीका लागि विदेश पलायन गर्दा नै एकलै जीवन बिताउन बाध्य छन् । सरकारले युवा र महिलाहरूलाई सेवासुविधा दिएको छ । तर, ज्येष्ठ नागरिकलाई यो विषयमा उपेक्षा गरेको देखिन्छ । अबदेखि सरकारले वृद्ध अवस्था भएका ज्येष्ठ नागरिकका लागि ठोस नीति बनाएर आर्थिक रूपमा निवृत्तिभरण वृद्धि गर्नुको साथै यातायात र उपचारलगायतमा निःशुल्क व्यवस्थापन भएमा ज्येष्ठ नागरिकहरू सहजरूपमा जीवन बिताउन सक्छन् । त्यसैले हामी सबैले मिलेर हेप्ने होइन सम्मानपूर्वक बाच्न पाउने अधिकारका लागि निराकरण खोज्न जरुरी छ । बारा, हाल काठमाडौं । (हिटा पाठक पत्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *