सरोज निरौला
उदयपुर। उदयपुरको त्रियुगानगरपालिका-९ राजाबासमा गएराती प्र. १-०५-००१ ज ००३५ नम्बरको हायसले साइकललाई ठक्करदिँदा साईकल चालकको मृत्यु भएको छ ।
मदनभण्डारी राजमार्गको गाईघाट-चुहाडे सडकखण्डमा गएराती दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।
ठक्करबाट गम्भिर घाइते भएका रौतामाई गाउँपालिका-७ मुर्कुचीका ३८ वर्षिय तुलसी मंग्रातीको उदयपुर अस्पतालमा उपचारको क्रममा गएराती नै मृत्यु भएको हो ।
हायस र चालक त्रिनपा १० बोक्सेका ४५ वर्षिय किशोर पाण्डे प्रहरी नियन्त्रणमा रहेका छन् ।






