फुटबल खेलमा फड्को मार्दै नेविसंघ फेदीखोला

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । गण्डकी प्रदेश स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका-२ फेदिखोला रंगशालामा समाजसेवी खर्क बहादुर गुरूङज्युको मुख्य प्रायोजनमा आयोजना गरिएको ठब् साईड फुटबल प्रतियोगितामा नेपाल विद्यार्थी संघ फेदिखोला गाउँपालिकाले प्रथम स्थान हासिल गर्दै ट्रफीसहित खसी, प्रमाणपत्र तथा मेडल जितेको छ भने उपविजेता सिदार्थ क्लबले २ वटा भालेसहित प्रमाणपत्र र मेडल जित्न सफल भएको छ ।

नेविसंघ फेदिखोलाको टिम कोचमा सन्देश जिसि र टिम म्यानेजर मुकेश गुरुङ रहनुभएको थियो । उक्त खेलमा ७ वटा टिमको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

यसैगरी ने.वि. संघ फेदिखोला गाउँपालिका सभापति बाबू महेश खड्काले दिएको जानकारी अनुसार AP75 क्लब स्याङ्जाले यहि पुस ११ गतेदेखि १४ गते गतेसम्म आयोजना गरेको फुटबल खेलमा १७ टिमको सहभागिता थियो । नेपाल विद्यार्थी संघ फेदीखोला गाउँपालिकाको टिमले प्रथम स्थान हासिल गरी ३०००० (तीस हजार) नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *