इलाम । किराँतीहरूको पर्व उधौलीको अवसरमा इलामको माङसेबुङमा हस्टेमा वाबुक (चिन्डो)को प्रतिमाको पनि अनावरण गरिएको छ । वाबुकको अनावरण माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले गर्नुभएको हो । किराँत राईहरूको प्रतीकको रूपमा रहेको वाबुक (चिन्डो) जन्मदेखि मृत्युसम्मका मुन्धुमी संस्कारमा प्रयोग गर्ने गरिएको छ ।
उधौलीको अवसरमा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले विभिन्न जातजातिको भाषा, संस्कार र संस्कृतिको संवर्द्धनमा गाउँपालिकाले सधैँ सहयोग गर्ने बताउनुभएको छ । उहाँले विभिन्न पर्वहरूको अवसरमा आयोजना गरिने यस्ता संस्कृतिक कार्यक्रमले पहिचान स्थापित गर्न र संस्कार, संस्कृतिलाई बचाइराख्न सहयोग गर्ने बताउनुभयो ।
यस्तै उधौलीको अवसरमा बृहत् साकेला सिली समेत प्रदर्शन गरिएको छ । उधौलीसँगै किराँतीहरूको नयाँ वर्ष यलेदोङ ५०८३ को अवसरमा माङसेबुङ-६ स्थित हस्टेमा किराँत राईहरूको सांस्कृतिक नृत्य साकेला सिलीको प्रदर्शन गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच