उदयपुर अस्पतालमै मृगौला उपचार सेवा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

-सरोज निरौला

उदयपुर। जिल्ला अस्पताल उदयपुरमा मृगौला पीडितलाई हेमा डायलासिस सेवा ५ ओटा मेशिनसहित सुरु गरेको छ । संघिय सांसद तथा पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले हेमो डायलासिस सेवाको उद्घाटन गर्नुभएकाे हाे ।

डा. खड्काले जिल्लावासी नागरिकले सानोदेखि ठुलोसम्मका रोगको उपचार जिल्लाबाटै पाउने अधिकारको ग्यारेन्टी गर्न आफू सक्दो लागि पर्ने प्रतिबद्धता जनाउनुभयाे ।

‘हेमो डाईलासिस’उपचारका लागि ४ शैय्यासहितको ५ वटा यन्त्र उपकरण जडान गरेसँगै अस्पतालले मृगौला रोगको उपचार गर्न थालेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. ज्ञानेन्द्र झाकाअनुसार डाईलासिसका लागि जडान गरिएका ५ वटा यन्त्र उपकरण मध्ये एउटा ‘व्याकअप’को रुपमा राखेर बाँकी ४ वटाबाट एकैचोटी ४ जनाले उपचार सेवा पाउन सक्नेछन् ।

ADVERTISEMENT

जिल्लाका ८ वटा स्थानीय तहमध्ये त्रियुगा, कटारी र चौदण्डीगढी नगरपालिका तथा रौतामाई र ताप्ली गाउँपालिकाले धेरथोर सहयोग गरेको झाले बताउनुभयाे । उहाँकाअनुसार संघीय स्वास्थ्य मन्त्रालयले दिएको ८५ लाख रकमबाट डाईलासिस गर्ने यन्त्र उपकरण खरिद गरिएको छ ।

अस्पतालका प्रशासन अधिकृत योगेश्वर खनालले हाललाई अस्पतालकै जनशक्तिलाई प्राविधिक तालिम दिएर डाईलासिस सेवा सुरु गरेको बताउनुभयाे । उहाँकाअनुसार अस्पतालका ३ जना प्राविधिकलाई मृगौला उपचार सम्बन्धि तालिम लिन पठाएर दक्ष बनाई सेवामा खटाइएको छ । हाललाई तालिम प्राप्त जनशक्तिबाट काम चलाउँदै जाने अस्पतालले छिट्टै मृगौला रोगको उपचार गर्ने दक्ष डा. को व्यवस्था गर्न प्रदेश र संघीय स्वास्थ्य मन्त्रालय सँग माग भईरहेको खनालले बताउनुभयाे ।

कार्यक्रममा प्रदेश सांसदहरू सम्झना पाख्रीन, रामकुमार खत्री, गीता रेग्मी र लिला राई तथा त्रियुगा नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईलगायतले अस्पतालको विकास र उपचार सेवालाई सहज र छरितो बनाउन आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने माग गरेका थिए।

डायलासिस सेवा देशभर निःशुल्क रुपमा प्रदान गरिने भएपनि आउजाउ गर्न र डेरा लिएर बस्नुपर्दा मिर्गौलाका रोगीहरु निकै महंगोमा सेवा लिइरहन बाध्य थिए। ‘यसअघि धरान बिराटनगरका सुविधा सम्पन्न अस्पतालसम्म पुगेर मिर्गौला रोगीहरुले डायलासिस सेवा लिइरहेका थिए। उनीहरुले अब घरपायक सेवापाउने भएका छन्।

डाइलासिस सेवाका लागि जिल्ला बाहिरका सरकारी र निजी अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । आर्थिक अभावका कारण डायलासिसका लागि जिल्ला बाहिर जान नसक्ने बिरामीले मृत्यु पर्खेर बस्नुपर्ने बाध्यताले सताइ रहेकालाई यो सेवाले धेरै सहज हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?