भोजपुर । भोजपुरको पश्चिम चखेवामा भएको ट्याक्टर दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
शनिवार चखेवाबाट भोजपुर आउदै गरेको को २ त ४२०७ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ चालकसहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते भएका सवै जनालाई एम्वुलेन्समा भोजपुर जिल्ला अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
पाँच जना मध्ये ३२ बर्षका राजकुमार तामाङ गम्भीर घाइते भएका छन् । दुर्घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts