केपी ओली कप : उपाधि जित्न मधेशले दियो आर्मीलाई १३६ रनको लक्ष्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटको उपाधि जित्न मधेश प्रदेशले त्रिभुवन आर्मीलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशालामा टस जितेर सुरुवतमा ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन जोड्यो ।

ADVERTISEMENT

मधेशका लागि विशाल पट्टेल नकआउट हुँदै सर्वाधिक ४९ रन जोडे । उनले ३२ बलमा समान ३ छक्का र चौका हाने । ओपनर तथा कप्तान हरिशंकर साहले उत्कृष्ट सुरुवात गर्दै २१ बलमा २७ रन बनाएपनि उनी आउट भएपछि अन्य कुनैपनि ब्याटरको ब्याट चल्न सकेनन् । हिमांसु दत्तले १४ र विशाल सुस्लिङ्गले १० रन बनाउन बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मधेशलाई सस्तैमा रोक्नेक्रममा आर्मीका विवेक यादव र साहेव आलमले समान तीन विकेट लिए । ४ ओभर बलिङ गरेका विवेकले ३० रन खर्चिँदा ३ ओभर बलङ गरेका साहेवले मात्र ५ रन दिए । त्यस्तै सोमपाल कामी र वसिर अममिदले पनि समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?