वडा कार्यालयको नयाँ भवनबाट सेवा शुरु भएपछि सेवाग्राहीलाई सहज

राजकुमार कार्की ओखलढुङ्गा
राजकुमार कार्की ओखलढुङ्गा
Read Time = 4 mins

ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नं ११ ले नयाँ भवन बाट सेवा शुरु गरेको छ । वडा कार्यालयको एक तले भवन निर्माण सम्पन्न भएपछी सेवा शुरु गरिएको हो । मंसिर १३ गते बुधबार नगरप्रमुख तेजेन्द्र खनालले औपचारीक उद्घाटन गरी सेवा वितरण गर्न शुरु गरिएको वडा अध्यक्ष बिनोद ताम्राकारले जानकारी दिनुभयो । यो भन्दा अगाडी पशुविज्ञ केन्द्रको भवनमा निःशुल्क रुपमा २ कोठाबाट सेवा वितरण गर्दै आएको थियो । आफ्नै भवनबाट सेवा वितरण गर्न पाउँदा नागरिकलाई छिटोछरितो रुपमा सेवा वितरण हुनेमा विश्स्त भएको अध्यक्ष ताम्राकारले बताउनु भयो ।

भवनको उद्घाटन गर्दै नगरप्रमुख तेजेन्द्र खनालले सिमित मात्रमा भएको श्रोत साधनलाई प्रयोग गरेर सकेसम्म नागरिकलाई सहज सेवा वितरण गर्न लागी परिरहेको बताउनु भयो । भौगोलीक अवस्था नगरमा हुने सिमित साधन श्रोतको अभावमा पनि काम गरिरहेको र सबै नागरिकका समस्याहरुलाई समाधान गर्न नगरको बजेटले मात्रै संभव नहुने बताउनु भयो ।

वडा नं ११ स्थित गैरीगाउँमा एकतले ५ कोठे भवन निर्माण गरिएको छ । ५ कोठामध्ये एउटा बैठक कोठा र अन्य ४ वटा प्रशासनिक कोठा बनाईएको छ । कोशी प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा भवन निर्माण गरिएको वडा कार्यालयले जानकारी दिएको छ । उक्त भवन नगरपालिकाले दुई चरणमा ठेक्का लगाई ६२ लाख ७ हजार ६० रुपैया ४८ पैसामा भवन निर्माण सम्पन्न भएको वडा सचिव चुडामणी दाहालले जानकारी दिनुभयो ।

ADVERTISEMENT

उहाँका अनुसार, पहिलो चरण श्री नायक कन्ट्रक्सन प्रा.लि. धनुषाले काम गरेको थियो । २०७८ चैत्र ८ बाट काम शुरु गरी २०७९ चैत २५ गते सम्पन्न गरेको थियो । दोश्रो चरणमा श्रेष्ठ विल्डर्स प्रा.लि. ओखलढुंगाले मिति २०७९ बैशाख २६ गतेबाट शुरु गरी २०८० असोज २० गते सम्पन्न गरेको थियो । पहिलो चरणमा २९ लाख ३२ हजार ६४० रुपैयाँ ८८ पैसा बराबर रकमको काम गरिएको थियो भने दोश्रो चरणमा ३२ लाख ७४ हजार ४१९ रुपैयाँ ६० पैसा बराबर रकमको काम भएको थियो ।

स्थानिय महेश कुमार श्रेष्ठ, राजेश श्रेष्ठ र मकुन्द श्रेष्ठबाट निशुल्क जग्गा प्राप्त भएको थियो । उहाँहरुले आफ्ना स्वर्गीय माता पिताको स्मरणमा ८ आना निशुल्क जग्गा उपलब्ध गराएको बताएका छन् । वडा कार्यालयले नयाँभवन बाट सेवा विस्तार गरेपछी सेवामा गुणस्तर हुने र वडाका सबै नागरिकलाई सजिलो भएको स्थानिय समाजसेवी फडिन्द्र बहादुर केसीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?