पाँचथर । पाँचथरको फिदिममा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रथम वाईवाई अन्तर्राष्ट्रिय किरात आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ ।
पाँचथर फुटबल क्लबको आयोजनामा फिदिम माविको खेलमैदानमा मंसिर १५ देखि २३ गतेसम्म गोल्डकप गर्न तयारी थालेको आइतबार फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिइएको हो । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा विजेताले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिता सञ्चालन गर्न पाँचथर फुटबल क्लबले अखिल नेपाल फुटबल संघसहित विभिन्न निकायबाट अनुमति लिइसकेको छ । खेल सञ्चालन गर्न ५१ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
वाईवाई तयारी चाउचाउ प्रमुख प्रायोजक रहेको प्रतियोगिता सम्पन्न गर्न स्थानीय तहसँगै सरकारी र गैर सरकारी संस्थाले सहयोग गर्ने पनि अध्यक्ष मगरले बताउनुभयो ।
प्रतियोगितामा पाँचथर फुटबल क्लव आयोजक पि.एफ.सी.,रेडहर्ष फुटबल क्लव ईलाम,कर्णसिं सोनाम स्मृति क्लव ताप्लेजुङ,मितेरी फुटबल क्लव तेह्रथुम, हिमालयन शेर्पा क्लव काठमाडाैं, डाँगि हर्ट फुटबल क्लव मोरङ, यूनाईटेड फुटबल क्लव दार्जिलिङ, विर्तामोड यूनाईटेड झापाले सहभागिता जनाउनेछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements