अख्तियारद्वारा बूढानीलकण्ठका प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रभाग बूढानीलकण्ठ काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका सिंहविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

प्रवक्ता दाहालका अनुसार सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापनका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेका थिए ।

ADVERTISEMENT

अनुसन्धानका क्रममा आयोगको टंगालबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

उनीविरुद्ध सोही बराबरको बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?