काठमाडौं । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनलाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको हो ।
यसअघि मानव पटक-पटक साइबर अपराधको कसुरमा पक्राउ गर्दै आएका थिए । युट्युब च्यानलमार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा पक्राउ गर्दै आएका उनी धरौटीमा छुटेका थिए ।
अहिले भने उनी अभद्र व्यवहारको कसुरमा पक्राउ परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप भइ उनीमाथि अनुसन्धान अघि बढाइएकाे छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता