एजेन्सी । क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट बराबरी गोल गर्ने अन्तिम मौका गुमाएपछि अल नासर किङ्स कपबाट बाहिरिएको छ । मंगलबार साँझ भएको अन्तिम १६ को खेलमा अल तावोनसँग नासर १-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
९६औँ मिनेटमा रोनाल्डोलाई पेनाल्टीमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याउने अवसर प्राप्त भएको थियो । तर, ३९ वर्षीय पोर्चुगिज सुपरस्टारले प्रहार गरेको बल बारमाथिबाट बाहिरिएको थियो ।
खेलको ७१औँ मिनेटमा डिफेन्डर वालिद अल अहमदले कर्नरबाट गोल गर्दै घरेलु टोलीलाई स्तब्ध बनाउनुभएको थियो । अल तावोनले अग्रता दोब्बर बनाउने लक्ष्य लिए पनि अहमदले अल नासरका मोहमद मारनलाई डिबक्सभित्र लडाएपछि रोनाल्डोले पेनाल्टीको सुनौलो अवसर पाउनुभएको थियो ।






