भोजपुरमा अन्तरविद्यालय स्तरीय बिहानी कप फुटबल हुँदै

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । पहाडी जिल्ला भोजपुरमा आगामी भाद्र २७ गतेबाट अण्डर-१६ अन्तर विद्यालय स्तरीय बिहानी कप पुरुष फुटबल प्रतियोगिता हुन लागेको छ । बाल दिवसको अवसर पारेर विद्यालय स्तरीय पुरुष फुटबल हुन लागेको हो ।

बिहानी फुटबल क्लव भोजपुरको आयोजना तथा जिल्ला फुटबल संघको संयोजनमा विद्यालय स्तरीय प्रतियोगिता हुन लागेको क्लवका अध्यक्ष रिपेश भुजेलले जानकारी दिनुभयो ।

ADVERTISEMENT

प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमले नगद २० हजार र नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन । यस्तै बेष्ट गोलकिपर, बेष्ट डिफन्डर, बेष्ट मिडफिल्डर, उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजक बिहानी फुटबल क्लवले जनाएको छ ।

प्रतियोगिता भाद्र २७ गते देखि ३० गतेसम्म सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा संचालन हुने आयोजक संस्थाका बिकल श्रेष्ठले बताउनुभयो । श्रेष्ठकाअनुसार प्रतियोगितामा समावेश हुनका लागि कक्षा ८ को सर्टिफिकेट र जन्मदर्ता अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *