इञ्जिनियरसहित ६ जनाविरूद्धको भ्रष्टाचार मुद्दामा विशेषको सफाइपछि अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराज नगरपालिकाका तत्कालीन इञ्जिनियर सत्यजीवकुमार सिंहसहित ६ जनाविरूद्धको मुद्दामा विशेष अदालतले सफाइ दिएपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा २१ मंसिर २०७७ मा दर्ता उक्त मुद्दाका प्रतिवादीहरूलाई सफाइ दिने विशेषको फैसलाविरूद्ध अख्तियार सर्वोच्च पुगेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालले आयोगको बिहीबारको निर्णयअनुसार सो मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको जानकारी दिनुभयो ।

राजविराज नगरपालिकाभित्रको सडकको दायाँबायाँ वृक्षरोपण गर्न निकासा भएको रकमबाट केही स्थानहरूमा मात्र वृक्षरोपण गरी बाँकी रकम नगरपालिकाका कार्यकारी अधिकृत समेतको मिलेमतोमा हिनामिना गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

ADVERTISEMENT

इन्जिनियर सिंहले निर्माणस्थलमा भएको भन्दा बढी परिमाण उल्लेख गरेर गुणस्तरहीन तारजाली मापदण्डबमोजिम भएको प्रमाणित गरेको भन्दै उनीविरूद्ध १७ लाख ७५ हजार रूपैयाँ बिगो कायम गरी मुद्दा दर्ता भएको थियो ।

उनीसहित नगरपालिकाका तत्कालीन अनुगमन अधिकृत शीतल रिमाल, मूल्यांकन अधिकृत सूचना तिमल्सिना, आरके इञ्जिनियरिङ कन्सल्टेन्टका प्रोप्राइटर टुनालाल कर्ण, सेभ द नेपाल, राजविराजका अध्यक्ष घनश्याम झा र कोषाध्यक्ष ललित नारायण झाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो ।

विशेष अदालतले सत्यजीवकुमार सिंह, टुनालाल कर्ण, शीतल रिमाल, सूचना तिमल्सिना, घनश्याम झा र ललित नारायण झा प्रतिवादी रहेको मुद्दामा २०७९ पुस १ गते रिमाल र तिमल्सिनालाई प्रमाण अभाव भएको भन्दै सफाइ दिएको थियो भने बाँकी अन्यलाई आंशिक कसुर ठहर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज