जनकपुरधाम । सिराहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सचिन भदैसवार घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले प्रहरी सहायक निरीक्षक भदैसवारलाई घुस रकम नौ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
भदै सवार मुद्दा फाँटमा कार्यरत थिए । एउटा मुद्दा मिलाइदिने भनेर सेवाग्राहीबाट घुस रकम लिए लगत्तै इलाका प्रहरी कार्यालय नजिकैबाट उनलाई बिहीबार पक्राउ गरिएको हो ।






