चार मुद्दामा पुनरावेदन मागसहित अख्तियार सर्वोच्चमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । विशेष अदालतले विभिन्न मितिमा गरेका फैसला उपर चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार घुस/रिसवतसम्बन्धी विभिन्न चार मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेर पुनरावेदन गरिएको हो ।

ADVERTISEMENT

गत असार ३० गते शोभिता साहविरुद्धको मुद्दामा भएको फैसला, गत जेठ १८ गते सुशील बुढाथोकी र ज्ञानबहादुर कार्कीविरुद्धको मुद्दामा भएको फैसला, गत असार १० गते राम नरेश पासवानविरुद्धको मुद्दामा भएको फैसला र पर्वत पौडेलविरुद्धको मुद्दामा गत साउन १२ गते भएको फैसला चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन गरिएको भण्डारीले जनाउनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज