पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगलमाथि १–० गोल अन्तरको जित हात पार्दै मोरक्को सेमिफाइनलमा पुगेको छ । यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको हो ।

विश्वकपको इतिहासमा युरोप र दक्षिण अमेरिकी मुलुकबाहेक सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ। यसअघि सन् २००२ मा दक्षिण कोरिया र १९३० मा अमेरिका सेमिफाइनलमा पुगेका थिए।

खेलको पूर्वार्धमा नै मोरक्कोले एक गोल गरेको थियो। मोरक्कोका एन नेसरीले ४२ औँ मिनेटमा एक गोल गरेका थिए। यह्या अतिअतको पासलाई सदुपयोग गर्दै उनले ‘हेड’मार्फत गोल गरेका थिए। यो गोलसँगै नेसरी विश्वकपको इतिहासमा मोरक्कोका तर्फबाट सबैभन्दा बडी गोल गर्ने खेलाडी बनेका छन्।​

ADVERTISEMENT

समग्रमा योपटक मोरक्कोले ३६ वर्षपछि इतिहास दोहोर्याउँदै नयाँ इतिहास बनाएको छ। उक्त प्रतिस्पर्धामा पूर्वार्धमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखिएको थियो।

५१ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोलाई मैदानमा उतारिएको थियो। राफेल गुरेरोका ठाउँमा रोनाल्डोलाई मैदानमा ल्याइएको थियो। यसैगरी जोआओ क्यान्सेलोलाई बाहिर पठाई रुबेन नेभेसलाई खेलाइएको थियो।

अब मोरक्कोले सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ । पोर्चुगल भने विश्वकपबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?