ब्रेन्टफोर्डसँग हार्यो चेल्सी, लगातार पाँचौ हारको रेकर्ड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । इंग्लिश प्रिमियर लिगको जारी खेलमा चेल्सी पराजित हुन पुगेको छ ।

घरेलु मैदानमा नै चेल्सी ब्रेन्टफर्डसँग २–० ले पराजित हुन पुगेको हो । चेल्सीको यो लगातार पाँचौं हार हो ।

स्टामफोर्ड ब्रिजमा बुधवार राति भएको भएको खेलको ३७औं मिनेटमा चेल्सीका कप्तान सिजर एज्पिलिक्वेटाको आत्मघाती गोल गरेर टोलीलाई पछि पारेका थिए । अन्ततः कतैवाट पनि थप गोल हुन नसके पछि खेल पहिलो हाफमा १–० मा नै टुंगियो ।

ADVERTISEMENT

दुबै टोली एक अर्काको पोष्टमा गोल हान्नका लागि दबाब बढाए पनि सफल हुन सकेनन् । तर, खेलको ७८औं मिनेटमा ब्रेन्टफर्डका ब्रायनले गोल थप गरे पछि खेल अन्तत २–० मा टुंगियो ।

यस पराजयसँगै चेल्सी ३२ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा छ भने ब्रेन्टफर्ड ३३ खेलबाट ४७ अंक जोडेर नवौं स्थानमा उक्लिन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *