विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । घुस तथा रिसवत लिई भ्रष्टाचार गरेको तीनवटा मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले मंसिर १९ गते सर्वोच्चमा पुनरावेदन गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभएको हो ।

विशेष अदालतले घुस तथा रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा हुकुमबहादुर ओलीविरुद्ध ९६ हजार ३०० रुपैयाँ बिगो कायम गरी सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, अदालतले प्रतिवादीलाई सफाइ दिएको आयोगले जनाएको छ । आयोगले प्रतिवादी र निवेदकबीच भएको अडियो कुराकानीसहित घुस रकम रंगेहात बरामदसमेत गरेको जानकारी दिएको छ ।

ADVERTISEMENT

त्यस्तै, विशेष अदालतले सफाइ दिएको शिवशंकर महतोको मुद्दामा पनि आयोगले पुनरावेदन गरेको छ । महतोविरुद्ध १० हजार बिगो कायम गरी आयोगले मुद्दा दायर गरेको थियो । यस्तै, हरिचन्दर ठाकुर र अरुणकुमार यादव विरुद्धको मुद्दामा पनि आयोगले पुनरावेदन गरेको आयोगले जानकारी दिएको छ ।

उनीहरूमाथि १५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको थियो । दुवै प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएको थियो । सबै मुद्दामा प्रतिवादीविरुद्ध पर्याप्त प्रमाण हुँदाहुँदै पनि विशेष अदालतले सफाइ दिएको आयोगको जिकिर छ । आरोपीहरूविरुद्ध पर्याप्त प्रमाण हुँदाहुँदै पनि विशेष अदालतले सफाई दिएको दाबी आयोगले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?