काठमाडौं । त्रिशुलीमा ट्याक्सी खस्दा ज्यान गुमाएका पाँच जनाको परिचय खुलेको छ । भने एक जना अझै बेपत्ता रहेका छन् ।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी शुक्रबार बिहान इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशुलीमा खसेको थियो । ट्याक्सीमा चालकसहित ६ जना सवारी रहेको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्।
सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्।








Breaking news with related posts