पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा न.२ साम्दिनमा आगलागी बाट गम्भिर घाईते भएका एक ब्यक्तिको गएराती मृत्यु भएको छ ।
मृत्यु हुनेमा जय प्रसाद राई रहेका छन् । साढे ११ बजे काठमाण्डौँको कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
झापा स्थित बि एण्ड सी हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बर्न अस्पताल कीर्तिपुर पुरयाइएको थियो ।
अचानक घरमा आगो लाग्दा घर, घरमा भएका पसल, लत्ताकपडा, भाडावर्तन, सुनचाँदी, नगद जलेर नष्ट हुँदा प्रारम्भिक विवरण अनुसार ८५ लाख रुपैयाको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक बिनीलाल शाहले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements