भोजपुर । भोजपुरको उत्तर षडानन्द नगरपालिकामा भएको खुला पुरुष फुटबल प्रतियोगिताको उपाधी सोमवारे फुटबल क्लवले हासिल गरेको छ ।
षडानन्द नगरपालिका वडा नम्वर ६ स्थित घ्याम्पे रंगशालामा कार्तिक दुई गनेबाट संचालनभएको चौंथो संस्करण खुला पुरुष फुटबल प्रतियोगिताको उपाधी सोमबारे फुटबल क्लबले हात पारेको हो । वडा खेलकुद विकास समिति षडानन्द नगरपालिका वडा नम्वर ६ को आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा षडानन्द नगरपालिका वडा नम्वर ५ चिउरीबोटेलाई २-० गोलले पराजित गर्दै सोमबारेले उपाधी चुमेको छ ।
खेलमा सोमबारे फुटबल क्लबका बिजु भुजेलले एकगोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भनेआधा समय पछिको खेलमा पुन मिलन लिम्बुले एक गोल गर्दे टिमलाई २-० को अवस्थामा पुर्याउन सफल हुनुभयो । प्रतियोगितामा बिजेता बनेको सोमवारेले नगद एक लाख प्राप्त गरेको छ भने उपविजेताले नगद ६० हजार पाएको वडा खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच