पेरिस । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार राती भएको खेलमा रेनेसमाथि ३-१ गोल अन्तरको जित दर्ता गरेको हो । घरेलु मैदानमा पिएसजीलाई जिताउनका लागि ब्राड्ले बारकोलाले २ गोल गर्दा ली काङ इनले १ गोल गर्नुभयो । ३०औँ मिनेटमा बारकोलाले ओस्मान डेम्बेलेको पासमा गोल गर्दै अग्रता दिलाउनुभएको थियो ।
पहिलो हाफमा १ गोल गरेको पिएसजीले दोस्रो हाफमा २ गोल थप्दा १ गोल बेहोरेको थियो । ५८औँ मिनेटमा ली काङले गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाउनुभयो । ६८औँ मिनेटमा असरफ हकिमीको पासमा बारकोलोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्नुभएको थियो ।
७५औँ मिनेटमा रेनेसका आर्नोड कलीमुयन्डोले पेनाल्टीमा गोल गरेर अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन । जितपछि पिएसजीले ६ खेलबाट १६ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा यथावत् राखेको छ भने रेनेस ६ खेलमा ७ अंक बनाउँदै तालिकाको आठौँ स्थानमा छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts