इटाली । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले शीर्ष स्थानको टोरिनोसँग अंक बराबरी गरेको छ । शुक्रबार राती भएको खेलमा लिचेविरुद्ध ३-० गोलको एकतर्फी जित दर्ता गर्दै तालिकामा ३ अंक थपेको हो । तालिकामा टोरिनो र एसी मिलान दुवैको समान ११ अंक भएको छ । मिलानले १ खेल बढी खेलेको छ ।
एसी मैदानले आफ्नै घरेलु मैदानमा पहिलो हाफको अन्त्यतिर आक्रामक खेल खेल्दै ३ गोल थपेको थियो । मिलानका अल्भारो मोराटा, थियो हर्नान्डेज र क्रिष्टियन पुलिसीले एक-एक गोल गर्नुभयो । ३८ औँ मिनेटमा मोराटाले हर्नान्डेजको पासमा गोल गर्दै टिमको खाता खोल्नुभएको थियो ।
४१औँ मिनेटमा हर्नान्डेजले राफेल लिओको पासमा गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । त्यसको २ मिनेटपछि पुलिसीले गोल गरेपछि एसी मिलान पहिलो हाफमा ३-० को अग्रतासहित सहज अवस्थामा पुगेको थियो । दोस्रो हाफमा दुवै टिमबाट थप गोल हुन नसक्दा एसी मिलान विजयी भयो ।
तर, ८०औँ मिनेटमा एसी मिलान १० खेलाडीमा समेटिए पनि त्यसको फाइदा लिचेले लिन सकेन । ७५औँ मिनेटमा हर्नान्डेजलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गर्नुभएका डेभिड बार्तेसाघीले ८०औँ मिनेटमा रातो कार्ड पाउँदै मैदान छाड्दा एसी मिलान १० खेलाडीमा समेटिएको थियो । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts