काठमाडौं । नेपालले अमेरिकासँग तीन टी-२० आई सिरिज खेल्ने भएको छ । अमेरिकाको टेक्ससमा हुने दुई देशबीचको क्रिकेट शृंखला १७ अक्टुबरदेखि २० अक्टुबरसम्म हुने युएसए क्रिकेटले जनाएको छ । नेपाल र अमेरिकाबीच टी-२० सिरिजको पहिलो खेल १७ अक्टुबर, दोस्रो खेल १९ अक्टुबर र तेस्रो खेल २० अक्टुबरमा हुनेछ ।
टी-२० सिरिजपछि नेपालले अक्टुबर २५ देखि नोभेम्बर ४ सम्म हुने लिग टु सिरिज खेल्नेछ । नेपाली टोली अमेरिका र स्कटल्याण्ड सम्मिलित आईसिसी विश्वकप लिग टु ओडिआई सिरिज खेल्न अमेरिका जाँदैछ । दुवै सिरिजका लागि युएसए क्रिकेटले टिकट बिक्रीसमेत खुल्ला गरेको छ ।
यसैगरी, नेपाल, अमेरिका र स्कटल्याण्ड लिग टु सिरिजको पहिलो खेल अमेरिका र स्कटल्याण्डको बीचमा २५ अक्टुबरमा हुनेछ । दोस्रो खेल नेपाल र अमेरिका बीचमा २७ अक्टुबरमा, तेस्रो खेल नेपाल र स्कटल्याण्डबीच २९ अक्टुबरमा हुनेछ । चौथो खेल अमेरिका र स्कटल्याण्डबीच ३१ अक्टुबरमा, पाँचौं खेल नेपाल र अमेरिकाको बीचमा नोभेम्बर २ मा र अन्तिम खेल नेपाल र स्कटल्याण्डको बीचमा नोभेम्बर ४ मा हुनेछ ।
हाल क्यानडामा रहेको नेपाली राष्ट्रिय टोली अक्टुबरको दोस्रो सातासम्म अमेरिका पुग्नेछ । लिग टु सिरिजमा नेपालले क्यानडासँगको दुवै र ओमानसँगको एक खेल गुमाएको थियो । नेपाल र ओमानबीचको अर्को खेल वर्षामा रद्द भएको थियो ।
टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज क्यानडासँग खेल्ने
टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज(शनिबार) क्यानडासँग खेल्न लागेको छ । क्यानडाको किंगस सिटीमा हुने नेपाल र क्यानडाबीचको खेल ९ः४५ बजेबाट सुरु हुनेछ । त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा ओमानसँग आइतबार खेल्नेछ भने मंगलबार अक्टुबर-१मा क्यानडासँग खेल्नेछ । बुधबार अक्टुबर २ मा फेरि ओमानसँग खेल्नेछ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ को एक दिवसीय सिरिजअन्तर्गत एक खेलमा पनि जित निकाल्न नसकेको नेपालले शनिबार जितबाट सिरिजको सुरुवात गर्न चाहन्छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) मा रहनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts