काठमाडौं । पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा सहभागी सबै ६ टिमले खेलाडीहरूको टोली घोषणा गरेका छन् । एभरेस्ट फ्रेन्चाइज आयोजकले सहभागी टिमका खेलाडी सार्वजनिक गरेको हो । यस्तै टोलीको प्रशिक्षक तथा मुख्य प्रशिक्षकको नाम पनि सार्वजनिक भएको छ ।
६ फ्रेन्चाइजी टोलीका मुख्य प्रशिक्षकहरूको बैठकले आपसी समझदारीमा ड्राफबाट खेलाडी छनोट गरेको आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले जनाएको छ । प्रत्येक टोलीमा ग्रेड ‘ए’ का १, ‘बी’ का ४ र ‘सी’ का तीनजना खेलाडी छन् । यस्तै आयोजकका अनुसार प्रत्येक टोलीले तीन विदेशी तथा ट्यालेन्ट हन्टबाट एक खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही चितवन, सरस्वती चौधरी गण्डकी, सलिना श्रेष्ठ ललितपुर, निरुता ठगुन्ना मधेश, उषा भण्डारी काठमाडौं र सुमित्रा रेग्मी कर्णालीकी मार्की खेलाडीमा छनोट भइसक्नुभएको छ ।
त्यसैगरी महिला राष्ट्रिय टोलीका प्रशिक्षक जगदीश भट्टले काठमाडौं, कुमार राईले कर्णाली, भरत यादवले मधेश, उत्सव खड्काले ललितपुर, अर्जुन घिमिरेले चितवन र रूपेशकुमार विष्टले गण्डकीको टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने हुनुभएको छ ।
निरुता ठगुन्ना मार्की रहेको टिम मधेशले संगम महतो, शान्ति तामाङलगायतका खेलाडी छनोट गरेको छ । ललितपुर टिमकी मार्की सलिना श्रेष्ठको टिमबाट पुनम चन्द, कामना विष्ट र साफिया पुनले महिला भलिबल लिग खेल्नुहुनेछ । कर्णाली टिमकी मार्की सुमित्रा रेग्मीको टिममा मिना सुनार, मनिषा चौधरीलगायतका खेलाडी रहनुभएको छ ।
चितवन टिमकी मार्की अरुणा शाहीको टिममा सलिना बुढा मगर, सुनिता खड्का, एन्जिला प्रधानलगायतका खेलाडी रहनुभएको छ । यस्तै, उषा भण्डारीको टिम काठमाडौंमा आरती सुवेदी, कोपिला राना र कमला पुन रहनुभएको छ । यो टिम निकै बलियो बनेको छ । टिम गण्डकीमा सरस्वती चौधरीलाई प्रगति नाथ, लक्ष्मी चन्द र कविता भट्टले साथ दिनुहुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा