काठमाडौं । बूढानीलकण्ठ आश्रमले १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार जित हात पारेको छ । धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा बूढानीलकण्ठ आश्रमले संस्कृतिलाई १४-१० ले पराजित गर्यो । बूढानीलकण्ठ आश्रमकी सम्भावीले ४ स्कोर गर्नुभयो ।
सिनियर ब्वाइजमा वेदव्यासले स्कोलर्स होमलाई ३०-२२, भद्रकालीले फ्लोरोसेन्टलाई ३७-२१, न्युटनले बूढानीलकण्ठ आश्रमलाई ४०-३०, संस्कृतिले एक्टिभलाई ४५-३२ र भ्याली पब्लिकले आयोजक ग्रिनल्यान्ड ‘बी’ लाई ६३-५० ले हराए । वेदव्यासका दर्पणले १२, भद्रकालीका सुदिप श्रेष्ठले १८, न्युटनका अनिश गुरुङले १३, संस्कृतिका आयुशले १८ र भ्याली पब्लिकका अनिमेशले २२ अंक जोड्नुभयो ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले किङडमलाई २७-२५, फ्लोरोसेन्टले भद्रकालीलाई ३१-२१, न्युटनले नव ज्ञानभूमिलाई २६-१८ र भ्याली पब्लिकले हिमरश्मीलाई २५-११ ले पाखा लगाए । एन्जल्स हार्टका रुपेश पौडेलले १२, फ्लोरोसेन्टका सम्बोधित पौडेलले १४, न्युटनका आशिष राईले १० र भ्याली पब्लिकका अशोक विकले १० स्कोर गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता