काठमाडौं । नेपालले आइसिसी यू-१९ पुरुष विश्वकप एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ । आइसिसी यू-१९ पुरुष विश्वकप एसिया छनोट १२-२१ अप्रिल, २०२५ सम्म हुने तय भएको छ । उक्त प्रतियोगिताका लागि नेपाल आयोजक राष्ट्रका रूपमा छनोट भएको छ । नेपालमा हुने सबै खेल काठमाडौंमा खेलाइनेछ ।
प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र युएईको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा हुने २०२६ को यू-१९ विश्वकपका लागि छनोट हुनेछ । नेपालले यसै वर्षको सुरुमा दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकपमा सहभागिता जनाएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा