झापा । झापाको माथिल्लो धाइजनमा भएको स्कुटर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा बुद्धशान्ति गाउँपालिका-५ का २५ वर्षीय लीलाप्रसाद ढुंगेल र इलाम रोङ गाउँपालिका-५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ढुंगेलले हाकेको मे. ७ प. ७२८३ स्कुटर मेचीनगर नगरपालिका १२ माथिल्लो धाइजनको सडक किनारमा रोकिराखेको को. १ च. ७२६४ नम्बरको बोलेरोमा ठोकिएको थियो । गएराति ११ बजेतिर चारआलीबाट बुधबारे तर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।
गम्भीर घाइते उनीहरूलाई विएण्डसी अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । स्कुटर र बोलेरो प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ । बोलेरो चालकको खोजी भइरहेको छ ।






