आगलागीबाट एक करोड बढीको क्षति

निरोज कोइराला भोजपुर, संवाददाता
Aaglagi
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर नगरपालिका-१२, टक्सारको मालबाँसेमा भएको आगलागीमा एक कारोड बढीको क्षति भएको छ । शनिवार दिउँसो बनबाट लागेको डढेलो घर बस्तीमा आईपुग्दा स्थानीयका सात घर र १० वटा गोठ जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक दल कुमार राईले बताउनुभयो । राईकाअनुसार आगलागीबाट करिव एक करोड तीन लाख बरावरको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट स्थानीय कमल कार्कीको दुई तले घर पुर्णरुपमा जलेर नष्ट भएको छ । यस्तै नर बहादुर कार्कीको दुई तले घर र गोठ, पदम कार्कीको दुई तले घर र एक गोठ, बिशाल कार्कीको दुई तले घर र गोठ, गजेन्द्र कार्कीको दुई तले घर, गोठ पुर्णरुपमा जलेर नष्ट भएको छ भने खाली रहेको मिना श्रेष्ठ र कृष्ण बस्नेतको घर पनि जलेर नष्ट भएको सुचना अधिकारी प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो । यस्तै आगलागीबाट अन्य स्थानीय बासिन्दाहरुको गोठसमेत जलेर नष्ट हुँदा क्षति भएको हो ।

ADVERTISEMENT

आगलागी नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय, टक्सार विमानस्थल सुरक्षा चौकी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी जुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *