रोनाल्डो र मेसी आमनेसामने हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी फेरि एकपटक आमनेसामने हुने भएका छन् । अल नासर र इन्टर मियामी आगामी फेब्रुअरीमा रियाद सिजन कप खेल्ने भएकासँगै रोनाल्डो र मेसी आमने सामने हुने भएका हुन् ।

'द लास्ट डान्स' नाम दिइएको रियाद सिजन कपमा अल नासर, इन्टर मियामी र अल हिलाल सहभागी हुने भएका छन् । यो प्रतियोगिता फेब्रुअरी, २०२४ को पहिलो सातामा हुने घोषणा गरिएको छ ।

ADVERTISEMENT

अल हिलाल खेल्ने भएपनि नेइमार भने इन्जुरीका कारण टिममा नरहेकाले यो प्रतियोगिता खेल्ने छैनन् । यस प्रतियोगितामा तीन खेल हुनेछन । जसमा अल नासर र अल हिलाल, अल नासर र इन्टर मियामी तथा अल हिलाल र इन्टर मियामी खेल्ने छन् । यी तीन खेलमा शिर्ष स्थानमा रहने टिमले यो उपाधि जित्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *