काठमाडौं । काठमाडौंका खेलाडीद्वय आशिष भुजेल र सपना रिखाम दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । उत्कृष्ट बन्नुभएका आशिषले पुरुष ६८ केजीमुनि तथा सपनाले महिला ४६ केजीमुनि स्वर्ण जित्नुभएको थियो ।
टोखा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० केजीमुनि काठमाडौंका शुभजंग कुमार, ५४ केजीमुनि काठमाडौंका रोजन लामा, ६३ केजीमुनि चितवनका हरिबहादुर परियार र ५८ केजीमुनि काठमाडौंका अर्पण लामाले स्वर्ण जित्नुभएको थियो ।
काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला ४९ केजीमुनि काठमाडौंकी पासाङ लामा, ५७ केजीमुनि भक्तपुरकी सोया चक्रधर, ४३ केजीमुनि चितवनकी सोनम महतो र ६३ केजीमुनि काठमाडौंकी स्वस्तिका महर्जनले पहिलो स्थान हात पार्नुभएको थियो ।
विजेतालाई टोखा नगरपालिकाका खेलकुद संयोजक नरोत्तम राणा, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङलगायतले पुरस्कृत गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता