
लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले खराब प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । पछिल्ला आठ खेलमा सिटीले एकमात्र जित हात पारेको छ । पछिल्लो नतिजाले सिटीलाई च्याम्पियन लिग तालिकाको सातौँ स्थानमा पुर्याएको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा १२ अंक पछि छ । एभर्टन अंक तालिकाको १५औँ स्थानमा छ । सिटीभन्दा ११ अंक पछाडि भए पनि रक्षात्मक दृष्टिकोणले राम्रो प्रदर्शन गरिरहेका छन् । एभर्टनले पछिल्ला ६ मध्ये पाँच खेलमा क्लिन सिट राखेको छ ।
तर, मुख्य प्रशिक्षक पेप ग्वार्डिओला भने यो सम्पूर्ण टिमको समस्या भएको बताउनुहुन्छ । कुनै एक खेलाडीलाई दोष दिन उचित नहुने उहाँले बताउनुभयो । फरवार्ड एर्लिङ हलान्डको कमजोर लयका कारण सिटी यो अवस्थामा पुगेको मान्न नसकिने उहाँले बताउनुभयो । ‘यो केवल एर्लिङको मात्र कुरा होइन, यो सम्पूर्ण टिमको विषय हो । हाम्रो टिमले पहिले उत्कृष्ट खेलिरहेको थियो र एर्लिङले धेरै गोल गरेका थिए, यो टिमकै सहकार्यबाट सम्भव भएको थियो । तर, अहिले टिम पहिलाको जस्तो छैन । त्यसैले यो सबै खेलाडीहरूको समस्या हो,’ उहाँले भन्नुभयो, ‘यदि समस्या केवल एउटा खेलाडीको हुन्थ्यो भने समाधान सहज हुने थियो । तर, हामी सबै मिलेर राम्रो गर्नुपर्ने आवश्यकता छ । एर्लिङ हाम्रा लागि महत्वपूर्ण थिए, छन् र रहिरहनेछन् । हामी उनलाई अझ प्रभावकारी बनाउने प्रयास गर्दैछौँ ।’
यता, लिगमा उत्कृष्ट प्रदर्शन गर्दै चेल्सीले ३५ अंकसहित दोस्रो स्थान ओगटेको छ । शीर्ष स्थानको लिभरपुलभन्दा चार अंकले पछि रहेको चेल्सीका प्रशिक्षक एन्जो मारेस्काले उपाधिको दबाबलाई बेवास्ता गर्दै प्रदर्शन सुधारमा ध्यान दिने बताउनुभयो । एभर्टनविरुद्धको गोलरहित बराबरीपछि चेल्सीले लगातार आठ जितको शृंखला तोड्नुपरेको थियो । ‘हामी जुन तरिकाले खेलिरहेका छौँ, त्यसबाट सन्तुष्ट छु । तर, हाम्रो मुख्य ध्यान खेलाडी र टोली सुधारमा छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको प्राथमिकता सुधारको प्रक्रिया जारी राख्नु र खेल जित्नु हो । उपाधिको दबाब हाम्रा लागि अहिलेको वास्तविकता होइन ।’ एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच