काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन काठमाडौैंको लाजिम्पाटमा मुख्य कार्यालय रहेको जेनो फार्मेसी प्रालि र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरसँग विभिन्न औषधि र स्वास्थ्यसम्बन्धी सेवा(फिजियोथेरापी, ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा, आयुर्वेदिक चिकित्सा, अन्य) खरिद र डेलिभरीमा छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका कर्मचारी र ग्राहकले लाजिम्पाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधि र स्वास्थ्यसम्बन्धी प्रोडक्ट खरिदमा विशेष २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
साथै बैंकले प्रवद्र्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड सार्वजनिक निष्कासनमार्फत् इकाई बिक्रीमा ल्याउने भएको छ । कोष प्रवद्र्घक मुक्तिनाथ बैंक र योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता