
काठमाडौं । यू-१९ महिला विश्वकप क्रिकेटका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने भएको छ । भरतपुर महानगरपालिका– १५ मा रहेको निर्माणाधीन रंगशालाको नमुना खेलमैदानमा पुस १० देखि २४ गतेसम्म नेपाली टोलीको बन्द प्रशिक्षण हुन लागेको जिल्ला क्रिकेट संघ चितवनले जनाएको छ ।
संघका अध्यक्ष सुदीप पियाले बन्द प्रशिक्षणमा १८ खेलाडी सहभागी हुने जानकारी दिनुभयो । भरतपुर महानगरकी मेयर रेनु दाहालको पहलमा नेपाल क्रिकेट संघ (क्यान)ले चितवनमा बन्द प्रशिक्षण गर्न लागेको पियाले बताउनुभयो । आइसिसी महिला यू-१९ टी-२० विश्वकप क्रिकेट प्रतियोगिता आउँदो जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुँदै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच