
काठमाडौं । मलेसियामा जारी महिला यू-१९ एसिया कपको ‘सुपर-४’ को नेपाल र श्रीलंकाबीचको बिहीबारको खेल वर्षाका कारण रद्द भएको छ । वर्षा नरोकिएपछि खेल रद्द भएको हो । मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा भएको खेल रद्द भएपछि नेपाल र श्रीलंकाले एक-एक अंक बाँडेका छन् ।
नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो । टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । नेपालकी कप्तान पूजा महतोले पहिलो ओभरमा विकेट लिएर श्रीलंकालाई झट्का दिनुभएको थियो । आफ्नो ओभरको तेस्रो बलमा उहाँले हिरूनी हंसिकालाई एलिसाकुमारी यादवको हातबाट क्याच गराउनुभएको थियो । पहिलो ओभरमा उहाँले एक रनमात्रै खर्चनुभएको थियो । तर, वर्षाका कारण दोस्रो ओभरको खेल हुन सकेन । वर्षा नरोकिएपछि खेल स्थगित गरिएको थियो ।
नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर-४ मा प्रवेश गरेको थियो । समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक-एक अंक बाँडेका थिए । सुपर-४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । नेपालले शुक्रबार सुपर-४ अन्तर्गत बंगलादेशको सामना गर्ने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच