अफगानको उत्तरी सारी पुल प्रान्तमा हतियार भण्डार फेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सारी पुल । अफगान सुरक्षा बलले उत्तरी सारी पुल प्रान्तमा हतियारको भण्डारण फेला पारेको छ । साथै त्यहाँबाट विभिन्न प्रकारका हतियार र गोला बारुद बरामद गरेको पनि गुप्तचर महानिर्देशनालय (जीडीआई)ले आइतबार उल्लेख गरेको छ ।

गोप्य सूचनाको आधारम गुप्तचर कर्मचारीहरूले शनिबार सारी पुल प्रान्तमा अपरेशन शुरी गरेको र दुई मोर्टार र हजारौँ गोलीसहित थुप्रै हतियारहरू फेला पारेको बताइएको छ । अफगान सुरक्षा बलले पछिल्ला केही दिनहरूमा दक्षिणी उरुजगान र पूर्वी कुनार प्रान्तहरूमा ४० थान राइफलसहित थुप्रै हतियारको भण्डारहरू फेला पारेको छ ।

ADVERTISEMENT

यस्तै अपरेसनहरूमा सुरक्षा बलले गतहप्ता राजधानी काबुलको प्रहरी जिल्ला १७ मा ठूलै हतियार भण्डार फेला पारेको थियो । अफगानिस्तानको कार्यवाहक सरकारले सुरक्षाकर्मीबाहेक जो कोहीसँग रहेका अवैध हतियार र गोलाबारुद नियन्त्रण गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?