काठमाडौं । समृद्धि फाइनान्सले बनेपा शाखा र मधुवन शाखाबाट विपन्न विद्यार्थीलाई स्टेसनरी वितरण गरेको छ । गत बिहीबार बनेपाको शिक्षा सदन माध्यमिक विद्यालयका ४० र २४ सोमबार मधुवन शाखाबाट जनता माध्यमिक विद्यालयका ३० विद्यार्थीलाई कापी र कलम वितरण गरेकोे हो ।
कम्पनीले मासिकरूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमको सूचीमध्ये स्टेसनरी वितरणअन्तर्गत विपन्न ७० विद्यार्थीलाई कापी र कलम वितरण गरिएको जनाएको छ । साथै वैशाखभित्रै औरही, गौर, कसाह र खरेन्द्रपुर शाखाबाट स्टेसनरी वितरण गरिने जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता