काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स तथा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
लिगको पहिलो खेलमा आज जनकपुर र पोखरा भिड्ने छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।
जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् । यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुर तेस्रो जित निकाल्ने योजनामा रहँदा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा रहनेछ ।







