हेटौंडा। महिला उद्यमशीलता प्रवद्धनका लागि व्यवस्था गरिएको नीति तथा कार्यक्रमका विषयमा हेटौंडामा महिला उद्यमी महासंघ मकवानपुरले उद्यमी तथा सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।
संस्था अध्यक्ष शोभा ज्ञवालीको सभाध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाको प्रमुख आतिथ्यता थियो ।
वागमती प्रदेश सरकार महिला उद्यमीहरुलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीर रहेको वागमती प्रदेशका मुख्यमन्त्री लामाले बताए । प्रदेश सरकारद्वारा यसअघि पनि धेरै काम भएको उनले जानकारी दिए । महिलाले आर्जन गरेका रकम घरपरिवार देखि व्यवसाय र भान्छासम्म पुग्न सफल भएकोमा उनले खुशी व्यक्त गरे ।
प्रजातन्त्र आएदेखि महिलाहरु पनि अफिसदेखि व्यवसाय गर्न सफल भएकोमा पनि उनी खुशी छन् । महिलाले चाहेको खण्डमा धेरै सक्षम बन्नसक्नेमा उनको विश्वास छ । ‘उद्यमी बन्नका लागि लगनशील हुनु आवश्यक छ । र, ठूला उद्योग ल्याउनका लागि राज्यले पनि आर्थिक सहयोग गर्नु आवश्यक छ,’ मुख्यमन्त्री लामाले भने ।
कार्यक्रममा संस्था अध्यक्ष ज्ञवालीले महिला उद्यमीका लागि शिक्षा, स्वास्थ्य र आर्थिक स्थिति महत्वपूणर् पाटो भएको बताइन् । महिलाहरु उद्यमी हुन घरपरिवारको साथ र सहयोग आवश्यक भएको बताउँदै उनले उद्यमी बन्न महिलाहरुले गर्न सक्छु भन्ने आ“ट र धैर्यता राख्नु आवश्यक रहेको उनको भनाइ राखिन् । हाल प्रदेशमा महिला उद्यमी ५२ प्रतिशत् रहेको बताउँदै उनले नेपालमा उत्पादन भएका सामग्रीलाई चा“डै वैदेशिक क्षेत्रमा जोड्ने योजना बनाइएको बताइन् ।
दैनिक उत्पादित सामान नेपालीले नै प्रवद्र्धनमा जोड दिनुपर्ने हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारीलामाको भनाइ थियो ।
हेटौंडा१२ वडाबाट गुन्द्रुक उत्पादन गर्न प्रदेश सरकारद्धारा प्रवद्धन भइरहेको उनले जानकारी दिइन् । सरकारले पनि महिला उद्यमीलाई सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् । मकवानपुरका उद्यमी महिला सफल हुनु नगर सफल भएको उनले बताइन् । महिला उद्यमशीलता विकासका लागि संघ र प्रदेश सरकारका नीति, कार्यक्रम र कार्यान्वयनका लागि समन्वयसम्बन्धि नेपाल सरकार उद्योग मन्त्रालयका पूर्वसचिव यामकुमारी खतिवडाद्वारा प्रस्तुतिकरण गरिएको थियो ।
कार्यक्रममा घरेलु साना उद्योग कार्यालय प्रमुख रामप्रसाद भुसाल, महिला तथा बालिका मन्त्रालय महाशाखा प्रमुख चन्द्रा व्यञ्जनकार, एफडब्लुईएएन सल्लाहकार अर्पणा प्रधान, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलगायत महिला उद्यमीको सहभागिता थियो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts