काठमाडौं । एनपिएल टोली सुदूरपश्चिम रोयल्स र राइका टुर्स एण्ड ट्रेक्स प्रालिबीच प्रायोजन सम्झौता भएको छ । राइका र रोयल्सबीच ट्राभल पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र राइकाका अध्यक्ष अमरबहादुर शाहीले हस्ताक्षर गर्नुभयो । मालिक शाहले सहकार्यका लागि धन्यवाद व्यक्त गर्दै टिममाथि देखाउनुभएको विश्वास सुखद नतिजाले फर्काउने बताउनुभयो ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपिएललाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एयरलाइन्स पार्टनरमा नेपाल एयरलाइन्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरका रूपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।






