काठमाडौं । क्यानडाका अलराउन्डर हर्ष ठाकरले एनपिएल टिम जनकपुर बोल्ट्सबाट खेल्ने हुनुभएको छ । जनकपुरले बिहीबार ठाकरलाई अनुबन्ध गरेको जनाएको हो । २७ वर्षीय ठाकरले ३५ टी-२० आई खेलमा २९ विकेट तथा ४५१ रन बनाउनुभएको छ ।
जनकपुरले अनुबन्ध गरेका ठाकर छैटौँ विदेशी खेलाडी हुनुहुन्छ । जनकपुरले यसअघि न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, अमेरिकाका मोहम्मद मोहसिन, अर्का अमेरिकी क्रिकेटर लाहिरू मिलन्था, पाकिस्तानका अलराउन्डर सोयब मक्सुद र इंग्लिस अलराउन्डर बेन माइकलाई अनुबन्ध गरेको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा पुबुदु दासानायके मुख्य प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्छ । जनकपुर बोल्ट्सको टोलीमा अब आसिफ शेख, अनिलकुमार शाह, ललितनारायण राजवंशी, रूपेश सिंह, अरनिको यादव, शुभ कंसाकार, तुलबहादुर थापा, किशोर महतो, शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाटी, जिमी निशम, जोशुवा ट्रम्प, मोहम्मद मोहसिन, लाहिरू मिलन्था, सोयब मक्सद, बेन माइक र हर्ष ठाकर हुनुहुन्छ ।






