काठमाडौं । दृष्टिविहीन टी-२० विश्वकप : नेपालले लगातार दोस्रो जित निकालेको छ । पाकिस्तानमा जारी ब्लाइण्ड टी-२० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको हो । मंगलबार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा दुई विकेट गुमाएर १८७ रन मात्र बनाएको थियो । उसका लागि बुले भिडलाले अविजित १०० रन बनाउनुभएको थियो ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाएर १९८ रन बनाएको थियो । नेपालका लागि नरेश चौधरीले सर्वाधिक ८० रन बनाउनुभएको थियो ।
पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सोमबार अफगानिस्तानलाई हराएको थियो । दक्षिण अफ्रिकाकालाई हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनेको छ ।
दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts