काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ । यस संस्करणमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीले यो विशेष सम्मान पाउनेछन् । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. र क्यानको संयुक्त पहलमा मंगलबार यो सम्झौता गरिएको हो ।
क्यानका सचिव पारस खड्का र एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यो सहकार्यले नेपालमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो सहकार्यले क्रिकेटको लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको परिदृश्यमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुग्ने बताउनुभयो ।
ब्रान्ड लजिकका सीईओ रोशन निरौलाले ‘प्लेयर अफ द सिरिज’का रूपमा यो पुरस्कार नेपालको खेल इतिहासमा हालसम्मको सबैभन्दा ठूलो पुरस्कार भएको जिकिर गर्नुभयो । उहाँले शारडा समूहसँगको सहकार्यको लागि धन्यवाद दिँदै यस पुरस्कारले नेपाली क्रिकेटरहरूको मिहिनेत र समर्पणको कदर गर्दै प्रतियोगिताको स्तर र नेपाली क्रिकेटप्रतिको लगावलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
साथै एसपीजी अटोमोबाइल्सको ‘ओमोडा एन्ड जेईकोले एनपीएलको पहिलो संस्करणमा ‘ड्रिभन बाई’ सहप्रायोजकको रूपमा साझेदारी गरेको छ ।
क्यानका सचिव खड्काले पछिल्लो २०/३० वर्षमा उतारचढाव रहेको नेपाली क्रिकेटमा एनपीएलको आयोजनाले उत्साह ल्याएको उल्लेख गर्दै यो साझेदारीले नेपाली क्रिकेटरमा छुटै उत्साह मिल्ने बताउनुभयो ।
एनपीएलको पहिलो संस्करणमा आठ टिमबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ । पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts