एजेन्सी । अमेरिकी गोलकिपर एलिसा नेहरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्नुभएको छ । ३६ वर्षीय नेहरले सामाजिक सञ्जालमार्फत् आफू अन्तर्राष्ट्रिय करिअरलाई विश्राम दिने निर्णयमा पुगेको जानकारी दिनुभयो । डिसेम्बर ३ मा हुने नेदरल्याण्ड्सविरुद्धको खेल नेहरको अन्तिम हुनेछ ।
सन् २०१४ मा अर्जेन्टिनाविरुद्धको खेलमार्फत् सिनियर टोलीका लागि डेब्यु गर्नुभएकी नेहरले ११३ अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । नेहरले अमेरिकाका लागि सन् २०१९ को फिफा महिला विश्कपको उपाधि, ओलम्पिक २०२० को कांस्य र २०२४ को स्वर्ण पदक जित्नुभएको छ ।
‘एक दशकसम्म अमेरिकी महिला राष्ट्रिय टोलीको हिस्सा बन्न पाउनु सबैभन्दा ठूलो सम्मान हो,’ नेहरले भन्नुभयो, ‘मैदानभित्र र बाहिर हामीले जे हासिल गरेका छौँ, त्यसमा मलाई गर्व छ । यसबीचमा बनेका यादगार क्षणहरू मेरो जीवनभर रहनेछन् ।’







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts