एजेन्सी । क्रिष्टियानो रोनाल्डोको दुई गोलमा अल नासरले एएफसी च्याम्पियन्स लिगमा जित निकालेको छ । सोमबार राती भएको खेलमा अल नासरले अल घरफालाई ३–१ ले हरायो । साउदी प्रो लिग क्लब नासरको जितमा रोनाल्डोले दुई तथा एन्जेलो गाब्रिअलले एक गोल गर्नुभयो ।
जितपछि अल नासर १३ अंक जोड्दै दोस्रो स्थानमा छ । क्वाटरफाइनलमा स्थान बनाउन अर्काे खेल जित्नुपर्ने हुन्छ । अल अहली १५ अंक बनाउँदै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । पराजित अल घरफा चार अंकसहित आठौँ स्थानमा छ ।
कप्तान क्रिष्टियानो रोनाल्डोको दुई गोलको अद्वितीय प्रदर्शनसँगै टोली नकआउट चरणमा पुगेको छ । खेलको सुरुवातमा रोनाल्डोको दुई प्रहार गोलकिपर सर्जियो रिकोमले विफल बनाउनुभएको थियो । तर, पहिलो हाफको अन्त्यतिर ४५औँ मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत् उत्कृष्ट गोल गर्दै अल नासरलाई अग्रता दिलाउनुभयो । दोस्रो हाफको सुरुवातमा उहाँले एन्जेलो ग्रबियलको क्रसलाई कुशलतापूर्वक सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल गर्नुभयो ।
५८औँ मिनेटमा एन्जेलोले व्यक्तिगत गोल थप्दै टोलीलाई २-० को सुरक्षित अग्रता दिलाउनुभयो । खेलको ६ मिनेटपछि रोनाल्डोले तेस्रो गोल गर्नुभयो । यद्यपि अल–घरफाले रियल मड्रिडका पूर्वस्ट्राइकर जोसेलुको ७५औँ मिनेटको गोलमार्फत् खेलमा फर्काउने संकेत देखाए पनि त्यो जितका लागि पर्याप्त रहेन ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts