
नयाँदिल्ली । साउदी अरेबियाको जेद्दाहमा आइतबार भएको इण्डियन प्रिमियर लिग (आइपिएल) मेगा अक्सनमा ८४ खेलाडीको लिलामी भएको छ । १० टोलीले ७२ खेलाडी किनेर ४६७.९५ करोड भारतीय रुपैयाँ खर्च गरेका छन् ।
हरेक पटक आइपिएल लिलामीमा केही अप्रत्याशित देखिन्छ, जुन अपेक्षा गरिएको हुँदैन । यसपटक आइपिएल टोलीहरूले विदेशी खेलाडीको सट्टा भारतीय खेलाडीहरूमा पैसा लगानी गर्ने निर्णय गरे । लिलामीमा सबैभन्दा बढी मूल्यमा खरिद गरिएका शीर्ष पाँच खेलाडीहरूमा एकजना पनि विदेशी खेलाडी समावेश छैनन् । ऋषभ पन्त, श्रेयस अय्यर, वेंकटेश अय्यर, अर्शदीप सिंह र युजवेन्द्र चहलपछि छैटौँ नम्बरमा जोस बटलर छन् ।
विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त आइपिएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बन्नुभएको छ । उहाँलाई लखनउ सुपर जाइन्ट्स (एलएसजी)ले २७ करोडमा किनेको छ । पन्त विस्फोटक शैलीमा ब्याटिङका लागि परिचित हुनुहुन्छ । साथै उहाँ भारतकै नम्बर एक विकेटकिपर पनि हो । यसअघि अन्य कुनै पनि खेलाडीले यति रकम पाएका छैनन् । विकेट किपिङको कुरा गर्दा पनि उहाँलाई महेन्द्रसिंह धोनीपछिको उत्कृष्ट मानिन्छ । केएल राहुलले छाडेपछि लखनउ पनि कप्तानको खोजीमा थियो, यसले उहाँको मूल्य पनि बढ्यो ।
दोस्रो स्थानमा श्रेयस अय्यर रहनुभएको छ, जसलाई पञ्जाब किंग्सले २६.७५ करोडमा किनेको छ । गत सिजन कोलकाता नाइट राइडर्स (केकेआर)लाई च्याम्पियन बनाउने श्रेयस अय्यरलाई पञ्जाब किंग्सले २६.७५ करोडमा किनेको हो । वेंकटेश अय्यर तेस्रो महँगो भारतीय बन्नुभएको छ । उहाँलाई कोलकाताले २३.७५ करोडमा किनेको छ । युजवेन्द्र चहल आइपिएल इतिहासकै सबैभन्दा महँगा स्पिनर बन्नुभयो । युजवेन्द्रलाई पञ्जाब किंग्सले १८ करोडमा किनेको छ । उहाँको आधार मूल्य दुई करोड थियो । गत सिजन चहलले राजस्थानबाट खेल्दै १५ खेलमा १८ विकेट लिनुभएको थियो । चहल आइपिएल इतिहासमा सर्वाधिक विकेट लिने खेलाडी हुनुहुन्छ ।
इंग्ल्याण्डका ब्याट्सम्यान जोस बटलरलाई गुजरात टाइटन्सले १५.७५ करोडमा किनेको छ । उहाँको आधार मूल्य दुई करोड थियो । बटलर यो सिजन सबैभन्दा महँगो विदेशी खेलाडी बन्नुभयो । अस्ट्रेलियाका तेज गेंदबाज मिचेल स्टार्कलाई दिल्ली क्यापिटल्सले ११.७५ करोडमा किनेको छ । पछिल्लो मिनी लिलामीमा स्टार्क आइपिएल इतिहासकै सबैभन्दा महँगो खेलाडी बन्नुभएको थियो । उहाँलाई कोलकाताले २४.७५ करोडमा किनेको थियो ।
पहिलो दिनको लिलामीमा अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर र भारतीय ब्याट्सम्यान देवदत्त पडिक्कलका लागि कुनै पनि टोलीले बोली लगाएन । इंग्ल्याण्डका ओपनर जोनी बेयरस्टोलाई कसैले किनेका छैनन् । गत सिजन डेभिड वार्नर दिल्लीबाट, पडिक्कल लखनउबाट र बेयरस्टोले पञ्जाबबाट खेल्नुभएको थियो ।
अफ्रिकी कप्तान एडेन मार्करामलाई पञ्जाबले आधार मूल्य दुई करोडमा किनेको छ । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेललाई पञ्जाबले ४.२० करोडमा किनेको छ । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेललाई पञ्जाबले ४.२० करोडमा किनेको छ । उहाँको आधार मूल्य दुई करोड थियो । अस्ट्रेलियाका कप्तान मिचेल मार्सलाई लखनउले ३.४० करोडमा किनेको छ । अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसलाई पञ्जाबले ११ करोडमा किनेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच