पाँच जना एआइजीले पाए दज्र्यानी चिन्ह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरूले दज्र्यानी चिन्ह पाएका छन् । प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट बढुवा भएका पाँच जना एआइजीलाई बुधबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दज्र्यानी चिन्ह लगाइदिनु भएको हो । चैत ६ गतेको मन्त्रिपरिषदको बैठकले पाँच जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गरिएको हो । चैत १० गते ३० वर्ष सेवा अवधिका कारण महानिरीक्षक धीरजप्रताप सिंह अवकाश हुँदै हुनुहुन्छ । उहाँ अवकाशमा गएसँगै हाल एआइजीमा बढुवा भएकामध्ये एक जना नै आइजिपी हुने निश्चित छ । हाल सिंहका ब्याची एआइजीहरू सहकुल थापा, दिवेश लोहनी, उत्तमराज सुवेदी पनि अवकाशमा जान लाग्नुभएको छ ।

सरकारको निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा हुनुभएका पाँच जना प्रहरी अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दाहालले बढुवा भएका एआईजीहरूलाई बधाई दिँदै सरकारको सुशासन र समृद्धिको अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । भेटमा सहभागी एक अधिकृतका अनुसार प्रधानमन्त्री प्रचण्डले बढुवा भएका सबै अधिकृतहरू राम्रो भएको बताउँदै संगठन र सरकारको छवि उच्च बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । ‘अहिले बढुवा हुनु भएका पाँच जनामध्येबाटै एक जना आईजीपी हुने हो, मिलेर काम गर्नुहोस्’, प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एआईजी बढुवा मेरिट वेसिसमा भएको छ, गुनासो कसैको भएको छैन ।’ उहाँले यसपालि एआईजी बढुवा निर्विवाद भएको बताउँदै खुशीसमेत व्यक्त गरेको ती अधिकृतले बताउनुभयो ।

ADVERTISEMENT

अहिले गृह मन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री प्रचण्डले सम्हालिरहनुभएको छ । मन्त्रालयले १३ मंसिरमा डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । त्यसअघि तत्कालीन डीआईजी अशोक सिंह बढुवाका लागि आकांक्षी हुनुहुन्थ्यो । तर, जन्ममिति विवाद सतहमा आएपछि उहाँले राजीनामा दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *